कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार


काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए ।

शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा. भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । भण्डारीलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिइन् ।घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो । सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार