राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुन्छ : अध्यक्ष यादव


जनकपुरधाम, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने बताएका छन ।

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताएका हुन् ।

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने उनले बताए । उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए ।

उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन तयार छ । नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने भएको छ । राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको छ ।’

अध्यक्ष यादवले अब हुने सत्तासमीकरणले प्रदेशले थप अधिकार पाउने जिकिरसमेत गरे ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार