काठमाडौं, १३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको जारी युद्ध युक्रेनले जित्ने दावी गरेका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रूसलाई हराउँदै जित्ने दावी गरेका हुन् । रूसले युक्रेनमाथि हमला गरेको आज एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गरेका छन् ।
युक्रेनमा रूसी हमलाको युरोपियन युनियनका मुलुकसहित पश्चिमालगायत अन्य मुलुकले विरोध गरिरहेका छन् ।
अमेरिकाले थप २ अर्ब डलर सहयोगको घोषणा पनि गरिसकेको छ । युक्रेनमा रूसले गरेको आक्रमणविरुद्ध राष्ट्रसंघमा रूसविरुद्ध १ सय ४१ मुलुकले मतदान गरेका छन् । त्यस्तै ३२ राष्ट्रले त्यस प्रक्रियामा सहयोग गरेनन् भने रूस सहित ७ मुलुकले विपक्षमा मतदान गरेका छन् ।
भारतले शान्तिपू्र्ण वार्ता नै यसको एक मात्र समाधान रहको बताउँदै रूसविरुद्ध मतदान गरेनन् ।


