ज्याकीः आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक


काठमाडौं, १३ फागुन । रेनशा राईको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मको शीर्ष भूमिकामा देखिएका अभिनेता धीरज मगरको लुकमा पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा धीरजको दोहोरो अवतारमा रहेका छन् । एकातिर उनी लाहुरेको पोसाकमा छन् भने अर्कोतिर डान्सरको रुपमा रहेका छन् ।

पोस्टरले फिल्ममा कतै धीरजको दोहोरो भूमिका त होइन ? भन्ने शंकाहरु समेत उब्जिन थालिएको छ ।

आइकोरको ब्यानरमा निर्माण भएको फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुने भएको छ । प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा यो फिल्मको निर्माता रहेका छन् । फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेका छन् ।

फागुन १९ गते फिल्मको टिजर सार्वजनिक गर्ने तयारी भईरहेको निर्माताले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार