राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन: दर्ताका लागि उम्मेदवार छान्नमा दलहरु


काठमाडौँ, १३ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले बिहान १० बजे देखि दिउँसो ३ बजेसम्ममा राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन दर्ता स्थल तोकिएको छ ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने भएको छ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने व्यवस्था रहेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख रहेको छ ।

आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । भने यता नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बस्दैछ ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको जनाइएको छ । यसका लागि अहिले काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय गरि सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार