आठ दलले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने


काठमाडौं, १२ फागुन । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने ८ दलबीच सहमति भएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा आठवटै दलले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार