सांसद चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने


काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

प्राप्त निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

योसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भए । रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार