जनकपुरधाम, १२ फागुन । धनुषाको बटेश्वर गाउँपालिकाको दुईवटा घरमा लुटपाट भएको छ ।
बटेश्वर गाउँपालिका वडा नम्बर ३ बस्ने बबिता कुमारी महतो र वडा नम्बर ४ की सुनितामाया देवीको घरमा गए राति लुटेराहरुको एक समुहले लुटपाट गरेको हो ।
मध्यरातमा बबिता देवीको घरमा ४÷५ जनाको समूहमा आएका लुटेराहरुले ५० हजार नगद, सुनचाँदीका गरगहनासहित एकलाख भन्दा बढीको मूल्य बराबरको लुटपाट भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।
प्रहरी चौकीले जनाएअनुसार सुनिता मायाको घरमा तोडफोड गरेका छन् ।
यता प्रहरीले घटनाको बारेमा जानकारी पाए लगत्तै घटनास्थलमा पुगेर खोजतलासलाई तिव्र बनाएको छ भने उनीहरुको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।


