मोगादिसु, १२ फागुन । सोमालील्याण्डको छुट्टिएको सोमाली क्षेत्रमा सुरक्षा बल र जातीय समूहका सदस्यबीच १७ दिनसम्म भएको झडपमा ९८ जनाको मृत्यु भएको छ भने पाँच सय ६० जना घाइते भएका छन् ।
लस अनोडको मुख्य अस्पतालका निर्देशक अहमद मोहम्मद हसनले घाइते तथा हताहतिबारे एपएफपीलाई जानकारी दिएता पनि समूहका प्रमुख गारद जामा गरद अलीले बुधबारसम्ममा एक सय पचास जनाको ज्यान गएको तथा पाँच सय जना घाइते भएका बताए ।
सन् १९९१ देखि सोमालील्याण्डले सोमालियाबाट स्वतन्त्रताको दाबी गर्दै आएका छन् । तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने गरेको छैन ।
राजनीतिक तनावका कारण सरकारी सेना र सोमालियाप्रति वफादार नागरिक सेनाबीच घातक हिंसाका घटना हुदैँ आएको छ ।
यसै महिनाको १० तारिखमा सोमालील्याण्डका अधिकारीले युद्धविराम घोषणा गरेको थियो । तर त्यसको केही दिन पछि सोमालियाले आफ्ना सेनामाथि आक्रमण गरेको आरोप लगाएको छ । एजेन्सी



