काठमाडौँ, १२ फागुन ।
चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि फेरी पनि निर्विरोध निर्वाचित भएका छन् ।
बिहिबार काठमाडौँमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको हो ।
उनी यस अघि २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व गर्ने अर्को अवसर जुरेको छ ।
निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षमा लामासहित फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
नेफ्टाको साधारण सभाका लागि देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु समेत सहभागी रहेको थियो ।


