अवैध वालुवा/गिट्टी उत्खनन कार्यमा संलग्न चारवटा ट्याक्टर प्रहरीको नियन्त्रणमा


जनकपुरधाम, ११ फागुन । धनुषा प्रहरीले खोलाबाट अवैध वालुवा/गिट्टी उत्खनन गरि ल्याउने चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–८ स्थित दिगम्बरपुर खोलाबाट अवैध बालुवा/गिट्टी उत्खन्न गरि ल्याइरहेको अवस्थामा चारवटा ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ज १ त २६०९, ज १ त ६५०५, ज १ त ९३३५ र प्रदेश ०३–००१ त १४ नम्बरको बालुवा लोड ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति धनुषाको जिम्मा लगाइएको डीएसपी गौतमले बताए ।

यसैबिच, प्रहरीले अवैध भन्सार चोरी निकासीका सामानहरूसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका १० लाख ५२ हजार ७७० रूपैयाँ बराबरका विभिन्न किसिमका किराना सामग्रीहरू नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरू जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार