काठमाडौं, ११ फागुन । आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीले प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरुलाई सो पुरस्कार दिने घोषणा गरेका हुन् ।
विजेता खेलाडीहरूलाई बिहीबार बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाई दिएका थिए । सो क्रममा उनले पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।
यसअघि क्रिकेट प्रतियोगिता जितेकै दिन उनले उचित पुरस्कार दिने बताएक थिए । आज पुरस्कारको रकम नै घोषणा गरेका हुन् ।
चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नु देशकै गौरव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ ।’
क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गरिएको हो ।



