काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसालसमेत सहभागी थिए ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रस्ताव गरेको बताइएको थियो ।
राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा नेताहरूले छलफललाई तीव्र बनाएका छन् । राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ ।


