‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक


काठमाडौं, ११ फागुन । संगीतकार अर्जुन पोखरेलको प्रेम भाव मिसिएका गीतले बजारमा चर्चा पाउने गरेका छन् । सायद त्यसैले पनि होला उनी एकपछि अर्काे त्यस्तो गीत ल्याउने गरेका छन् ।

यस्तैमा अर्जुनकै संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दिग्गज धौरालीको शब्द छ ।

गीतले यूवायूवती बीचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स देखाइएको छ ।

उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन रहेको भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको समेत अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार