युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवामाथि भरोसा भएको बताएका हुन् ।

उनले भने, ‘सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ ।’

प्रधानमन्त्री प्रचण्डले युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार