राष्ट्रपतिको उम्मेदवार चयन गर्दै काँग्रेस


जनकपुरधाम, ११ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एक जनालाई राष्ट्रपति पदका लागि प्रस्ताव अघि सारेपछि आज नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक डाकिएको छ ।

राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बिहान ११ बजेबाट सुरु हुने काँग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित भएका कांग्रेसले आज बस्न लागेको कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार