काठमाडौँ, ११ फागुन । एकजना व्यक्तिले १६ वर्ष अगाडि नै बनेको एक आइफोनका लागि ८० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेका छन् ।
आइफोन १५ को व्यग्र प्रतीक्षा गरिरहेको बेला सन् २००७ मै बजारमा आएको एप्पलको पहिलो संस्करणको आइफोन लाखौँ रुपयाँमा खरिद गरिएको हो ।
एप्पलका संस्थापक स्टिभ जब्सले सन् २००७ मा पहिलो संस्करणको आइफोन सार्वजनिक गरेका थिए ।
पहिलो आइफोनमा ३.५ इन्चको डिस्प्ले तथा २ मेगापिक्सेलको क्यामरा छ भने साथै त्यसमा रहेको होम बटन पनि निकै लोकप्रिय बनेको थियो ।
एप्पल अब आफ्नो नयाँ संस्करणको फोनका रुपमा आइफोन १५ को तयारीमा जुटि रहदाँ पहिलो संस्करणको उक्त फोन ६३ हजार ३५६.४० डलरमा बिक्रि भएको हो ।
यद्यपि पहिलो संस्करणको आइफोन महंगो मूल्यमा बिक्री भएको यो पहिलोपटक होइन । तर यस पटकको मूल्य चाहिँ पहिलो आइफोन भन्दा पनि सबैभन्दा उच्च मूल्यमा रहेको बताइएको छ ।
गत वर्ष अक्टोबरमा पहिलो आइफोन करिब ५१ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको थियो ।
पछिल्लो कीर्तिमानी मूल्यको आइफोन लिलामी गर्ने संस्था एलसीजी अक्सेनले जनाए अनुसार उक्त आइफोन प्रयोग नगरिएको नयाँ तथा सिल्ड अवस्थामा छ । २०२३ विन्टर प्रिमियर अक्सनका क्रममा त्यस आइफोन करीब साढे ६३ हजार डलरमा लिलाम भयो भने उक्त लिलामी गत फेब्रुअरी २ देखि १९ सम्म चलेको थियो ।
उक्त फोनका बारेमा त्यसका वास्तविक धनी करीन ग्रिनले पहिलोपटक रिलिज भएको त्यो आइकोनिक फ्याक्ट्री सिल्ड आइफोन शानदार अवस्थामा रहेको बताए ।
लिलामका लागि राखिएको सो आइफोनको सुरुवाती बोली २५ सय डलर लागेकोमा अन्ततः ६३ हजार ३५६.४० डलरमा बिक्री भयो ।
आइफोन खरीदकर्ताको नाम भने खुलाइएको छैन । एजेन्सी


