जनकपुरधाम, १० फागुन । धनुषा प्रहरीले खोलाबाट अवैध वालुवा/गिट्टी उत्खनन गर्ने कार्यमा संलग्न दुईवटा टिपर नियन्त्रणमा लिएको छ ।
जिल्लाको कमला खोलाबाट अवैध बालुवा/गिट्टी उत्खनन गरि ल्याइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले सो टिपर नियन्त्रणमा लिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ शहिद चोकस्थित बेंगाशिवपुरबाट आउँदै गरेको बालुवा लोड रहेका र भ्याट बिलसमेत नभएका ज.१ क. ३७४ र प्रदेश–२–०२–००१ क ०००१ नम्बरका टिपरहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुबै टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको डीएसपी गौतमले बताए ।



