प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने


काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका हुन् ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बताएको छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार