आगोले पोलेर घाइते भएकी एक महिलाको मृत्यु


सप्तरी, १० फागुन । सप्तरीमा आगोले पोलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको अग्निसाईर कृष्णासवरण गाउपालिका वडा नम्बर–३ मटिगढा बस्ने बन्दीलाल भगतको ५० वर्षीया पत्नी द्रोपति कुमारी भगत रहेको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घर पछाडि बाटोमा बालेको घुर ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् । साडिमा आगो सल्केर छातिदेखी मुनिसम्म पोल्दा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारपछि डिस्चार्ज भई साबिक घर खडक नगरपालिका–११ बनौली लगिएकोमा उनको अवस्था पुनः बिग्रदाँ बोदेबर्साइनस्थित नयना हेल्थ केयर डियोलोजेस्टिक प्रा.लि.अस्पतालमा लगिएको थियो ।

त्यहाँ पनि उपचार हुन नसक्दा थप उपचारका लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार