क्षिरेश्वरनाथमा पाँचौ अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


जनकपुरधाम, १० फागुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पाँचौ अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

क्षिरेश्वरनाथ उच्च माविको आयोजनामा नगरपालिकाका वडाध्यक्षहरुबीच दौड प्रतियोगिता गराउँदै प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा नगरप्रमुख र उपप्रमुखद्धारा सटपुट तथा वडाध्यक्षहरुले १०० मिटरको दौडको प्रतिस्पर्धा गरेका थिए ।
क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा तीन दिनसम्म हुने प्रतियोगितामा सटपुट, एथलेटिक्स, भलिबल, कवडी, हाइ जम्प, दौड खेल सञ्चालन हुने आयोजक पक्षले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा आयोजित प्रतियोगितामा क्षिरेश्वरनाथ नगरपालिका भित्रका १२ वटा विद्यालयका करिब ३ सय भन्दा बढी विद्यार्थीहरुले भाग लिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार