कम्बोडियाद्वारा शान्ति सेनामा नयाँ फौज


एजेन्सी, १० फागुन । कम्बोडियाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा ९८ शान्ति सैनिकमा नयाँ फौज पठाएको छ ।
युद्धग्रस्त सीएआरमा शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा १० महिलासहित ९८ शान्ति सैनिकको नयाँ समूह पठाइएको अधिकारीहरूले बताएका छन् ।
नेशनल सेन्टर फर पिसकिपिङ फोर्सका महानिर्देशक जनरल सेम सोभानीले सीएआरमा सेनाले एक वर्षको कार्यादेश पूरा गरेको तथा नयाँ फौजले आठौँ समूहलाई प्रतिस्थापन गर्ने बताएका छन् । उनले सीएआरमा देशको फौज परिचालनले द्वन्द्वग्रस्त देशहरूमा शान्ति र स्थिरता कायम गर्ने कम्बोडियाको निरन्तर योगदानमा संयुक्त राष्ट्रसङ्घप्रतिको विश्वासलाई झल्काएको बताए । कम्बोडियाली शान्ति सैनिकले वारुदी सुरुङ र विस्फोटक हतियार व्यवस्थापनमा काम गर्ने उनले बताए ।
दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियाले पहिलो पटक सन् २००६ मा राष्ट्रसंघीय शान्ति सेनामा आफ्नो फौज पठाएको थियो । कम्बोडियाले हालसम्म लेबनान, माली, साइप्रस र यमन सुडान, दक्षिण सुडान, सिरियामा मिसनमा छ सय ८१ महिलासहित आठ हजार आठ सय ५९ शान्ति सैनिक परिचालन गरिसकेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार