महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन देउवासँग भेट्दै


काठमाडौँ १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपतिका लागि आफ्नै अध्यक्ष समेत रहेका महन्थ ठाकुर उपयूक्त उम्मेदवार रहेको भन्दै राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाट अभियानलाई तिव्रता बनाएका छन् ।

प्रधानमन्त्र समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका लोसपाको टोलीले राष्ट्रपति पदमा ठाकुरलाई उम्मेदवार बनाउनका लागि लविंग थालेका छन् । सो क्रममा आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

लोसपाका नेता राजेन्द्र महतोले केपी ओली सकारात्मक रहेको भन्दै उनले भने, ‘सोही क्रममा आज कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनले सभापति देउवासँग आजै बिहान ९ बजे भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार