बारामा मेयर कप सुरु


बारा, १० फागुन । बाराको कलैयामा टी– २० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

कलैया स्थित सिद्धेश्वर क्रिकेट मैदानमा टी– २० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबार सुरु भएको छ ।

कलैया क्रिकेट क्लबको आयोजनामा भएको खेलमा मकवानपुरले भारतको बेलियालाई ५२ रनले हराएको आजको कान्तिपुरमा समाचार रहेको छ ।

मकवानपुरले २० ओभरमा १ सय ६४ रन जोड्दै बेतियालाई १ सय १२ रनमा समेटेको थियो । मकवानपुरका आशिष पोखरेल भए प्लेयर अफ द म्याच भए । उनले ११ रन खर्चेर ४ विकेट लिए ।

अर्को खेलमा कलैया क्रिकेट क्लब ८ विकेटले विजयी भयो । चितवनले १ सय ३८ रनको लक्ष्य दिएको थियो । कलैयाले तृतराज दासको सानदार प्रदर्शनमा २ विकेट गुमाई १३.३ ओभरमै लक्ष्य भेटेको थियो । तृतराजले ७९ रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।

उनी प्लेयर अफ द म्याच भए । बुधबार मोतिहारी र चितवन तथा वीरगन्ज र बेतियाबीच प्रतिस्पर्धा हुनेछन् । कलैया उपमहानगरका नगर प्रमुख विनोद साहले ब्याटिङ र कलैया क्रिकेट क्लबका अध्यक्ष प्रभात चौरसियाले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कान्तिपुर दैनिक पत्रिकाबाट

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार