राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउन अधिकांश दल तयार छन् : गगन थापा


काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि निर्वाचनअघिको पाँचदलीय सत्ता गठबन्धनका दलहरुबीच समझदारी बनिसकेको दाबी गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीहरु राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाउन तयार रहेको दाबी गरेका छन् ।

गत पुस १० मा भत्किएको सत्ता गठबन्धनका दलहरु राष्ट्रपति निर्वाचनमा मिल्नका लागि सहमत भइसकेको र त्यसलाई औपचारिकता दिन मात्रै बाँकी रहेको उनको दाबी छ ।

राष्ट्रपतिमा निर्वाचन अघिको सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलाई अघि सार्ने निश्चित भएको उनले बताए ।

आइतबार मात्रै सभापति शेरबहादुर देउवा र महामन्त्री थापालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने वचन दिएको चर्चा छ ।

पछिल्लो समय एमालेले राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्ने तयारी गरेको चर्चा छ । तर, माधव नेपाल स्वयमले भने आफूले यसबारेमा कुनै निर्णय वा सोचिनसकेको स्पष्ट पार्ने गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार