विश्वयुद्ध कथामा आधारित फिल्म बाफ्टा सर्वोत्कृष्ट


काठमाडौं, ९ फागुन । ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले लण्डनमा आयोजित बाफ्टा अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र गैरअंग्रेजीजस्ता शीर्ष विधामा जित हासिल गरेको छ ।

सात विधामा सर्वश्रेष्ठ बन्दै फिल्मले प्रतिष्ठित अवार्डमा दबदबा कायम गर्न सफल भएको हो ।

विश्वयुद्धको कथामा आधारित रहेको सो फिल्मले गैरअंग्रेजीतर्फ कीर्तिमान रचेको छ ।

यसअघि सन् १९८८ मा रिलिज भएको ‘सिनेमा पाराडिस्को’ले बाफ्टामा पाँच विधा जित्न ससफल भएको थियो ।

कोलिन फरेल अभिनित ‘द बान्सिज अफ इनिसिरिन’ले दोस्रो उच्च संख्यामा पुरस्कार जित्यो जसमा सहायक अभिनयका विधाहरु रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार