एजेन्सी, ९ फागुन । टर्कीमा फेरि पनि शक्तिशाली भूकम्पमा परी तीन जनाको मृत्यू भएको छ ।
सिरियासँग सीमाना जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्पमा मृत्यू भएको हो ।
भूकम्पको सिरियामा पनि प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
केही समय अघि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको देखिएको छ ।
भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुर्याएको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेकाहरुको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।


