जनकपुरधाम, ८ फागुन । धनुषा प्रहरीले विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय यदुकुवा, औरही तथा प्रहरी चौकी धनौजीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका १२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको डीएसपी गौतमले बताए ।



