काठमाडौं, ८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एअरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणको प्रतिबन्धसँगै गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।
आर्थिक समस्यामा फसेको कम्पनीले कर्मचारीलाई तलब खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एअरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
कर्मचारीलाई तलब दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको बताइएको छ ।



