बुटवल, ८ फागुन । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ लिएका छन् ।
मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गरेका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण गराएका हुन् ।
यसअघि गत २८ माघमा कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका नेकपा एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ ।


