दिल्ली, ८ फागुन । बलिउड अभिनेता सञ्जय लीला भन्सालीले अहिलेसम्म निकै चर्चित बाजीराव मस्तानी, हम दिल दे चुके सनम, देवदास उनका हिट फिल्महरु निर्माण गरिसकेका छन् ।
उनी निर्देशित पछिल्लो फिल्म आलिया भट्ट अभिनित ‘गंगुबाई काठियावाडी’ हिट भएको फिल्म हो । र दर्शकले पनि निकै प्रशंसा गर्दै आएका छन् । फिल्मले घरेलु बक्स अफिसमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रदर्शन गरेको छ ।
अब सबैको नजर उनको अर्को प्रोजेक्ट ‘हीरामण्डी’माथि परेको छ । निर्माताले यो सिरिजको सुन्दर र भव्य संसारको झलक सार्वजनिक गरिसकेको छ । सिरिजमा नेपाली अभिनेत्री मनिषा कोइराला शीर्ष भूमिकामा रहेकी छन् ।
सो फिल्म यौनकर्मीहरु रानीमाथि आधारित रहेको छ । सिरिजका कलाकारलाई लिएर धेरै अड्कलबाजीहरु भईरहेको छ । यसमा सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेख सबै आकर्षक छन् ।
निर्देशक भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट मानिएको हीरामण्डीमा उनले सबै काम गरिरहेका छन् यस फिल्मको संगीत कथाको महत्वपूर्ण भाग बन्न गइरहेको छ र उनीहरूले यसका लागि काम पूरा गरिसकेका छन् ।


