जी–७ देशले युक्रेनको समर्थनमा रुसमाथि थप प्रतिबन्ध लगाउदैँ


एजेन्सी, फागुन ८ । सात राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनको समर्थनमा रुसमाथि थप प्रतिबन्ध लगाउने भएका छन् ।

जी–७ देशका विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका हुन् ।

रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष हुन लाग्दा विकसित देशहरूको समूहले यस्तो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले जनाएको छ ।

जापानले जर्मनीको म्युनिखमा जी–७ को बैठक आयोजना गरेको छ । जुन बैठकमा अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको जनाइएको छ । सो बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्नका लागि पनि आग्रह गरेका छन् । उनीहरुले जारी गरेको प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रुसको निन्दा गरेको छ । उनीहरूले मस्कोलाई अन्तर्राष्ट्रिय कानुन अनुरुप जबाफदेही बनाउने बताइएको छ ।

न्युजमा उल्लेख भए अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

जपान जी– ७ को अध्यक्ष रहेकाले मे महिनामा हिरोशिमामा जी–७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । (एएनआई)

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार