एजेन्सी, ८ फागुन । इरानद्वारा सिरियामा भएको इजराइली मिसाइल आक्रमणको निन्दा गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेको हो ।
मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको पीडालाई अझ बढाउन खोजेको प्रमाणित गरेको बताउँदै अझै घातक र विनाशकारी भूकम्पको नतिजासँग जुझिरहेको बताएका छन् ।
सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनमा पश्चिमी राज्यहरूको ‘लज्जाजनक’ मौनताको आलोचना उनले पनि गरेका छन् ।
अन्तरराष्ट्रिय समुदायका साथै जिम्मेवार निकायहरू, विशेष गरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई तत्काल गम्भीरतापूर्वक प्रतिक्रिया दिन उनले आह्वान समेत गरेका छन् ।
दमास्कसमा आइतबार बिहान इजरायली मिसाइल आक्रमणमा एक सैनिक सहित कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएको सिरियाली सेनाले सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् । इजरायली अधिकारीहरूले भने आक्रमण सम्बन्धी कुनै टिप्पणी गरेका छैनन् ।
कब्जा गरिएको गोलान हाइट्सबाट शुरु गरिएको आक्रमणले काफर सुसाहको आवासीय छिमेकी सहित दमस्कसका थुप्रै सैन्य स्थानहरूलाई निशाना बनाएको पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तनावग्रस्त क्षेत्रमा घाइतेको अवस्था थप गम्भीर रहेको छ । दमास्कस र यसको ग्रामीण इलाकामा थुप्रै आवासीय घरहरू क्षतिग्रस्त भएका छन् ।



