सप्तरी, ७ फागुन । सप्तरीमा खाना बनाउने क्रममा जलेर एक महिला घाइते भएकी छन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा राजविराज नगरपालिका–१३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादवकी २५ वर्षीया श्रीमती द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा मोटोको चुलोमा खाना पकाउने क्रम्मा साडीमा आगो सल्की ढाड भन्दा मुनिको भाग जलेर घाइते भएकी महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


