टी–२० सिरिजको दोस्रो खेलमा यूएई ९ विकेटले विजयी


एजेन्सी, ७ फागुन । अफगानिस्तानविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली यूएई ९ विकेटले विजयी भएको छ ।अफगानिस्तनाविरुद्ध यूएईको यो अहिलेसम्मकै फराकिलो जित हो ।

शनिबार राति सम्पन्न खेलमा अफगानिस्तानले दिएको १३८ रनको लक्ष्य यूएईले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि मोहम्मद वसीमले आक्रामक पारी खेले । ५० बलको सामना गरेका उनले ७ छक्का र ८ चौकाको मद्दतमा ९१ रन बनाए ।

त्यस्तै, वृत्य अरविन्द ३८ र कप्तान चुन्दगापोयल रिजवान ९ रनमा अविजित रहे । अफगानिस्तानका लागि करिम जनतले मात्र एक विकेट लिन सके ।

त्यसअघि आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो ।

उसका लागि नजिबुल्लाह जद्रानले २९ बलमा ५ चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै, हजरतुल्लाह जजाईले २७, अफसर जजाईले १८, रहमानउल्लाह गुर्बाजले १५, कप्तान राशिद खानले अविजित १४ र अजमातुल्लाह उमरजाईले १२ रन जोडे । यूएईका लागि जवर फरीद, जाहूर खानले दुई/दुई, जुनैद सिद्दिकी र अकिब राजाले एक/एक विकेट लिए ।

यो जितसँगै तीन खेलको सिरिज १–१ को स्थितिमा आएको छ । पहिलो खेलमा अफगानिस्तानसँग यूएई ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार