अमेरिकास्थित विद्यालयमा बन्दुकसहित एक बालक पुग्दा………


काठमाडौं, ७ फागुन । अमेरिकाको भर्जिनियामा जब एक ६ वर्षको बालक बन्दुक लिएर विद्यालय पुगेपछि प्रहरीले उनकी आमालाई पक्राउ गरेको छ ।

नर्फक शहर स्थित लिटिल क्रिक स्कुलका कर्मचारीले बच्चाले ल्याएको बन्दुक प्रहरीलाई जिम्मा लगाएका छन् । ती बच्चाले बन्दुक लैजाँदा कुनै क्षति नभएपनि आफ्नी छोरीलाई कक्षामा धम्की दिएको एक महिलाले जनाएकी छन् ।

प्रहरीले नाबालककी आमालाई बन्दुक बोक्ने अनुमति दिएको आरोपमा पक्राउ गरेका छन् । विद्यालयकी एक अभिभावकले जनाए अनुसार ती बालकले बन्दुक आफ्नो झोलाका राखेका थिए र उनकी छोरीलाई गोली हान्ने धम्की दिएका थिए ।

ती महिलाले अर्की अभिभावकबाट आफ्नी छोरीलाई दिएको धम्कीबारे थाहा पाएकी थिइन् । किनभने बालिकाले डरका कारण आमालाई केही बताउन सकिरहेकी थिइनन् ।

गत महिनामाा पनि अमेरिकामा ६ वर्षका एक बालकले बन्दुक लिएर गएको घटना सार्वजनिक भएको थियो । उनले आफ्ना शिक्षकलाई घाइते बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार