प्रजातन्त्र दिवसमा मुख्यमन्त्री यादवद्वारा शुभकामना


जनकपुरधाम, ७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रजातन्त्र दिवसको अवसरमा मधेश प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

फागुन ७ गते प्रजातन्त्रको दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले प्रदेशवासीमा शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री यादवले लोकतन्त्र, संघियताको सुदृढीकरण र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्दै कामना गरेका छन् ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवनको आहुति दिने सम्पूर्ण महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गर्ने राजनीतिक दल, आम जनसमुदाय, प्रजातन्त्रप्रति सद्भाव राख्नुहुने छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरुमा विशेष आभार प्रकट गर्दछु ।’

‘शहीदहरूको बलिदानी र प्रजातन्त्र सेनानीहरुको अथक परिश्रमबाट २००० साल फाल्गुन ७ गते प्राप्त प्रजातन्त्र दिवसको अवसरमा मधेश प्रदेश सहित देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ मुख्यमन्त्री यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार