काठमाडौं, ६ फागुन । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन् । उनी लिग–२ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालको पहिलो खेलाडी हुन् ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको त्रिकोणात्मक सिरिजमा नामिबियाका खेलाडीको ३ विकेट लिएसँगै लामिछानेले ५१ विकेट लिएका हुन् । सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन् ।
यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन् । उनको नाममा ७६ विकेट रहेको छ । दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल (५८ विकेट) रहेका छन् ।



