काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।
मुम्बईको बर्न अस्पतालमा उपचाररत भण्डारीको फोक्सोले आफैँ काम गर्न थालेको हो ।
कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने सोमबारबाट भेन्टिलेटर हटाइनेछ । हातको जलेको भागले काम गर्न थालेकोले अप्रेसन गर्न नपर्ने भएको छ ।
गत बिहीबार राति ग्याँस लिक भएर भएको आगलागीम परेर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । उनकी आमाको निधन भइसकेको छ ।
भण्डारीलाई शुक्रबारै एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । मुम्बईको बर्न अस्पतालमा उनको उपचार जारी रहेको छ ।



