जसपा अध्यक्ष यादव र वरिष्ठ नेता पौडेलबीच भेटघाट


काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ ।

जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको हो ।

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार