सुर्खेत, ६ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नटुटेको बताएका छन् ।
प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उनले बताएका हुन् । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए ।
शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमतिकै आधारमा अघि बढ्ने बताए । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताए । त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ ।
उनले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताए । एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।



