वीरगञ्जमा जन्ती र गाउँले पक्षबीच झडप, ३ जना घाइते


पर्सा, ६ फागुन । वीरगञ्जमा जन्ती र गाउँले पक्षबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप हुँदा ३ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल र ३६ वर्षीय रामबहादुर पटेल घाइते भएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार