१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ


काठमाडौं, ६ फागुन । कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए ।

उनीहरुको साथबाट चारथान सिक्री, चारवटा औंठी, तीनवटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चारवटा मोबाइल समेत बरामद गरिएको छ ।

बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार