सरकारी निकायमा स्वदेशी उत्पादनलाई मात्रै प्राथमिकता दिन निर्देशन


काठमाडौं, ६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो ।

सार्वजनिक निकायले प्रयोग गर्ने स्टेशनरी र मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

स्वदेशी उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनको सूची उपलब्ध गराउनुपर्ने समेत मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ । त्यस्तै सार्वजनिक निकायमा आउने पाहुनालाई स्वदेशी चिया र खाजा मात्रै खुवाउन भनिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार