काठमाडौं, ५ फागुन । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरीले ३ जना शंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरेको प्रवक्ता (एसपी)सञ्जयसिंह थापाले जानकारी दिए ।


