सप्तरीमा बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट


सप्तरी, ५ फागुन । सप्तरीमा बोक्सी आरोपमा स्थानीयले एक महिलामाथि कुटपिट गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका–३ बस्ने सोसिता दासलाई कथित बोक्सीको आरोपमा स्थानीयले निर्घात कुटपिट गरेका हुन् ।

गोबरको गुइँठा बनाउँदै गरेकी सोसितालाई बाख्रा हराएको निहुँमा बोक्सी भन्दै छिमेकी रामकुमार दासकी पत्नी जमुना दास, भोपिन्द्र दासकी पत्नी रामकुमारी दास, भोपिन्द्र दासकी छोरी मङ्ली भन्ने सीता दासको समूहले थुपारिएको गोबरभित्र टाउको घुसार्दै कुटपिट गरेको पीडितका ससुरा देव नारायण दासले बताए ।

छिमेकीहरू मिलेर आफ्नी बुहारीलाई झुटो आरोप लगाएर कुटपिट गरेको उनले बताए । उनका अनुसार प्रहरीमा निवेदन दिन खोज्दा वडाध्यक्ष राज किशोर यादवले निवेदन नदिन भन्दै धम्क्याएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार