वीरगञ्जबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ


पर्सा, ५ फागुन । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित वीरगञ्जबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरी रहेको प्रहरीले जनाएको छ ।

ठकुरीलाई वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित भानुचोकबाट नियन्त्रणमा लिइएको हो ।

ठकुरीले आफ्नो शरीरमा टेप बेरेर लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध डाइजेपाम १५ एम्पुल, नुरफिन १५ एम्पुल, फेनारगन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल, निटराजेपाम लेखिएको २८ पत्तामा २८० ट्याब्लेट लुकाएर राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्क्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार