बारा, ५ फागुन । बारा प्रहरीले १ लाख भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको बताइएको छ ।
मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय १ लाख ५ सय रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट ५ सय रुपैयाको २ सय १ थान भारतीय रुपैयाँ बरामद गरेको प्रहरीको जनाएको छ ।


