काठमाडौं, ४ फागुन । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही अघि नबढाउन आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।
सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख छ ।
निर्वाचन आयोगले समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दिएका थिए ।



