सांसद भण्डारीलाई थप उपचारका लागि भारत पठाइयो


काठमाडौं, ४ फागुन । बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत पठाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीका अनुसार भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर पठाइएको हो ।

दुवै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएका सांसद भण्डारीलाई बिहीबार श्री एयरलाइन्समार्फत् मुम्बई पठाइएको मन्त्री गिरीले बताए ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएकाले स्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्समार्फत नर्भिक अस्पतालको चिकित्सकीय टिमसहित मुम्बई रेफर गरिएको हो ।

स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएकी चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०ः५७ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार